च्याम्पियन्स लिग‘ड्र’ : सिटी र पिएसजी एकै समूहमा (तालिकासहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

च्याम्पियन्स लिग‘ड्र’ : सिटी र पिएसजी एकै समूहमा (तालिकासहित)

 काठमाडाैं । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको  ‘ड्र’  सम्पन्न भएको छ ।

इस्तानबुलमा समाप्त ड्र मा केही समूह तुलनात्मक रुपमा बलियो त केही सहज पनि देखिएको छन् । इङलिस महारथी म्यानचेस्टर सिटी र प्रान्स महारथी पेरिससेन्ट जर्मनको खेल निकै रोमान्चक हुन सक्छ ।

बार्सिलोनाका पुर्ब खेलाडी र प्रशिक्षकबीचको भिडन्तलाई रोमाञ्चक खेल हुने अनुमान गरिएको छ । सिटीमा प्रशिक्षक पेप ग्वार्डिओला रहेका छन भने पिएसजीमा लियोनल मेस्सी यसै सिजनबाट अनुबन्ध भएका छन् ।

साविक विजेता चेल्सीले समूह ‘एच’मा इटालियन महारथी युभेन्टसका साथै रुसको सेन्ट पिट्सबर्ग र माल्मोसँग प्रतिस्पर्धा गर्नेछ भने गत सिजनको उपविजेता इङलिस प्रिमियर लिगकै अर्को टोली म्याचनेस्टर सिटीले समूह ‘ए’ मा स्टार खेलाडीले भरिपूर्ण फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मनीको आरबी लिपजिगका साथै क्लब ब्रुगेसँग खेल्नेछ । 

म्यानचेस्टर युनाइटेडले समूह ‘एफ’मा भिलारियाल, एट्लान्टा र योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी प्रिमियर लिगको अर्को टोली लिभरपुल भने समूह ‘बी’मा एट्लेटिको मड्रिड, एफसी पोर्टो र एसी मिलानसँग परेको छ । यस समूह ड्रभएको समूहमा सबैभन्दा बलियो समूह रहेको छ ।

रियाल मड्रिडले समूह ‘डी’मा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ । रियालले समूह चरणमा इटालियन च्याम्पियन इन्टर मिलानसँगै शाख्तर डोनेस्क र च्याम्पियन्स लिगमा पहिलो पटक सहभागिता जनाउन लागेको शेरिफ टिरास्पोलसँग खेल्नेछ । 

चेल्सीका मिडफिल्डर जोर्गिन्होले  यूईएफए च्याम्पियन्स लिग फुटबलको ‘प्लेयर अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन् । महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितेकी छिन् ।

कुन समूहमा को ?

समूह ‘ए’ : म्यानचेस्टर सिटी, पिएसजी, आरबी लिपजिग, क्लब ब्रुगे
समूह ‘बी’ : एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह ‘सी’ : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमन्ड, आयाक्स, बेसिक्टास
समूह ‘डी’ : इन्टर मिलान, रियाल मड्रिड, शाख्तर डोनेस्क, शेरिफ टिरास्पोल
समूह ‘इ’ : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किभ
समूह ‘एफ’ : भिलारियाल, म्यानचेस्टर युनाइटेड, एट्लान्टा, योङ ब्वाइज 
समूह ‘जी’ : लिले, सेभिया, एफसी साल्जबर्ग, उल्फसबर्ग 
समूह ‘एच’ : चेल्सी, युभेन्टस, जेनिट सेन्ट पिट्सबर्ग, माल्मो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);