युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिक्वाटर फाइनलका खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिक्वाटर फाइनलका खेल हुँदै

आज म्यानचेस्टर सिटी र बसेल तथा यूभेन्टस र टोटनह्यामबीच प्रतिस्पर्धा हुँदै –

काठमाडाैं, १ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आजबाट प्रिक्वाटरफाइनलका खेल हुँदै छ । अन्तिम १६ को खेलमा आज राति म्यानचेस्टर सिटी र बसेल तथा यूभेन्टस र टोटनह्यामबीच प्रतिस्पर्धा हुँदैछ ।

पछिल्ला ६ वर्षमा लगातार समूह चरण र सेमिफाइनलबाट बाहिरीएको म्यान्चेस्टर सिटीले आज राति घरेलु मैदानमा स्विस क्लब बसेलसँग खेल्नेछ ।

नियमित ७ सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाएको सिटी दुई पटक समूह चरणबाट बाहिरीएको थियो भने तीन पटक अन्तिम १६ र एक पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

आज राति नै हुने अर्को खेलमा उपाधिको दावेदारमा पर्ने यूभेन्टसले घरेलु मैदानमा इंग्लिस क्लव टोटनह्यामसँग खेल्नेछ । तर युभेन्टसलाई यसपटक खेलाडीको चोटले निकै सताएको छ । मिडफिल्डर ब्लेइसी मातुइदी र स्ट्राइकर पाउलो डेबाला तथा गोलकिपर बुफोन पुर्ण रुपमा फिट छैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);