प्रिमियर लिगमा आज चार खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिगमा आज चार खेल हुँदै

premier league

एजेन्सी , २१ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति विभिन्न चार खेल हुँदैछन् । विजेता बनिसकेको लिभरपुल, दोस्रो स्थानको म्यानचेस्टर सिटी, एस्टन भिल्ला, साउथह्याम्पटन लगायतका क्लबले आज प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाली समय अनुसार राति सवा ९ बजे हुने खेलमा लिभरपुलले घरेलु मैदानमा एस्टन भिल्लासँग भिड्नेछ । घरेलु मैदानमा लिभरपुल एस्टन भिल्लालाई हराउने दाउमा छ । यस्तै लिभरपुल अघिल्लो खेलमा सिटीसँगको पराजयलाई बिर्साउने कोसिसमा रहेको छ । लिभरपुलले ३२ खेलमा ८६ अंक जोडेको छ । एस्टन २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २० अंकले अघि रहेको छ । घरेलु मैदानमा एस्टनलाई हराएर लिभरपुल अंक तालिका फराकिलो बनाउने योजनामा रहेको छ ।

यस्तै सिटीले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । सिटी र साउथह्याम्पटनबीचको खेल राती पौने १२ बजे शुरु हुनेछ । सिटी घरेलु टोलीलाई हराएर लिभरपुलसँगको अंक तालिका घटाउने योजनामा रहेको छ ।

साउथह्याम्पटन पनि जित निकाल्दै अंक तालिका सुधार गर्ने दाउमा छ । सिटीको ६६ अंक रहेको छ । १४ औं स्थानको साउथह्याम्पटनको ४० अंक रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आज बर्नलीले सेफिल्डसँग र न्युकासलले वेस्ट ह्यामसँग खेल्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);