प्रिमियर लिगमा आज पाँच खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रिमियर लिगमा आज पाँच खेल हुँदै

एजेन्सी, १० असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न पाँच खेल हुँदैछन् । लिगमा आज राती लिग लिडर लिभरपुल,म्यानचेस्टर युनाइटेड, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

उपाधि नजिक रहेको लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।लिभरपुल र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । लिभरपुल क्रिस्टललाई हराएर उपाधि नजिक पुग्ने दाउमा रहेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २० अंकले अघि रहेको लिभरपुल यस सिजन उपाधि नजिक रहेको छ । लिभरपुलले ८३ अंक जोडेको छ भने सिटीको ६३ अंक रहेको छ ।४२ अंक जोडेको क्रिस्टल नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आज म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग खेल्नेछ ।युनाइटेड र सेफिल्डबीचको खेल नेपाली समय अनुसार पौने ११ बजे सुरु हुनेछ । घरेलु मैदानमा जित निकाल्दै युनाइटेड अन्य टीमसँगको अंक दुरी कम गर्ने योजनामा रहेको छ ।

पाँचौं स्थानको युनाइटेडको ४६ अंक रहेको छ ।त्यसैगरी लिग अन्तर्गत नै एभर्टनले नर्विचसँग र वुल्भ्सले बर्नमाउथसँग खेल्नेछ । त्यस्तै न्युकासल र एस्टन भिल्लाबीच समेत खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);