प्रिमियर लिगमा लिभरपुलको सहज जीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिगमा लिभरपुलको सहज जीत

liverpool

एजेन्सी, ११ असार । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले फराकिलो जीत निकालेको छ । बुधबार राती घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले पराजित गर्दै फराकिलो जीत निकालेको हो ।

खेलको सुरुवातदेखि नै प्यालेसमाथि दबाब बनाएको लिभरपुलले २३ औं मिनेटमा नै अग्रता लियो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५५ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अन्तर तीन शुन्यमा पुर्याए । ६९ औं मिनेटमा लिभरपुलले चौथो गोल थप्यो । यसपटक सलाहले दिएको पासमा मानेले वन भर्सेस वनको स्थितिमा गोल गरे ।

यो जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ । यद्यपि त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);