प्रिमियर लिग : लिभरपुललाई २५ अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रिमियर लिग : लिभरपुललाई २५ अंकको अग्रता

liverpool vs bournemouth

एजेन्सी, २५ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलले रेलिगेशन जोनमा रहेको एफसी बर्नमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर लिभरपुलले जित निकालेको हो । लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । बर्नेमाउथका कलुम विल्सनले एक गोल गरे ।

एनफिल्डमा खेलको नवौं मिनेटमा विल्सनले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि खेलको ३३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितसँगै लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ । बर्नेमाउथ २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);