लायन्स ब्याडमिटन प्रतियोगितामा चार टिम फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लायन्स ब्याडमिटन प्रतियोगितामा चार टिम फाइनलमा

badminton jhapa

झापा, २५ फागुन । झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन । बिर्ता व्याडमिटन क्लबको कवर्डहलमा आइतबार भएको खेलमा खुल्ला तर्फ प्रमिस सिंह ठकुरी, महेन्द्र श्रेष्ठ, सुदेन राई र प्रकाश राई फाइनलमा प्रवेश गरेका हुन् ।

आइतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विषम राई र ध्रुव दाहालको टिमलाई प्रमिस सिंह ठकुरीको टिमले पराजित गरेको थियो भने चाणक्य पाठक र नवीन सिलवालको टिमलाई सुदेन राई र प्रकास राईको टिमले पराजित गरेको थियो ।

यता भेट्रान तर्फ इन्द्रजीत मुखिया र राजकुमार घिमिरेलाई पराजित गर्दै देउकुमार राई र गंगा फेदावेले फाइनलको यात्रा तय गरेका छन् ।

त्यस्तै कुलदीप चौधरी र रुद्रवहादुर सारु मगरलाई पराजित गर्दै संजय भक्तराज र कुमार गिरी फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ । फाइनल खेल सोमवार हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);