ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा

झापा, २६ फागुन । झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् ।

बिर्ता व्याडमिन्टन क्लबको कवर्डहलमा सोमबार भएको खेलमा युगलतर्फ प्रमिस सिंह ठकुरी र महेन्द्र श्रेष्ठ तथा सुदेन राई र प्रकाश राई फाइनलमा प्रवेश गरेका हुन् ।

अन्तिम क्वाटरफाइनल खेलमा विषम राई र ध्रुव दाहालको जोडीलाई हराएर प्रमिस सिंह ठकुरी र महेन्द्र श्रेष्ठको जोडी फाइनलमा पुगेको हो । यसैगरी सुदेन राई र प्रकास राईको जोडीले चाणक्य पाठक र नवीन सिलवालको जोडीलाई हराएर फाइनलमा पुगेको हो ।

भेट्रानतर्फ देउकुमार राई र गंगा फेदावेको जोडी फाइनलमा पुगेको छ । इन्द्रजीत मुखिया र राजकुमार घिमिरेलाई पराजित गर्दै उनिहरुले फाइनलको यात्रा तय गरेका छन् ।

त्यस्तै कुलदीप चौधरी र रुद्रवहादुर सारु मगरलाई पराजित गर्दै संजय भक्तराज र कुमार गिरी फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल मंगलबार हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);