थ्रीस्टार आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

थ्रीस्टार आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

पोखरा, २६ फागुन । थ्रीस्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो ।

थ्रीस्टारको जितमा सुशन श्रेष्ठले दुई तथा संजोक राईले एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्री स्टारले तीन गोल गर्यो ।

खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा सुशनले दुई गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । उनको इन्जुरी समयको दोस्रो र तेस्रो मिनेटमा गोल गरेका थिए ।

अब सेमिफाइनलमा थ्री स्टारले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);