२२औं संस्करणको आहा! रारा गोल्डकपको उपाधी संकटालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२२औं संस्करणको आहा! रारा गोल्डकपको उपाधी संकटालाई

पोखरा । २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधी चुमेको हो ।

रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गर्दै टोलिलाई जिताउन सफल भएका हुन् ।

खेल अतिरिक्त समयमा धकेलिनु अघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल २–२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ११७औं मिनेटमा सुनिलले विजयी गोल गरे ।

उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);