आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीले जित्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीले जित्यो

पोखरा, १ चैत । १८ औं संकरणको आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले छैंटौपटक आहा रारा गोल्डकप उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो ।

टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे ।

उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);