कोरोनाको त्रास : युरोपका सबै फुटबल लिगहरु स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाको त्रास : युरोपका सबै फुटबल लिगहरु स्थगित

UEFA leagues cancelled

एजेन्सी, २ चैत । कोरोना भाइरसको त्रासले युरोपमा सवै फुटबल लिगहरु स्थगित गरिएका छन् । युरोपका धेरैजसो क्लबहरुले आफ्ना खेलाडीहरुलाई कोराना परिक्षणका लागि क्वारेन्टाइनमा राखेका छन् ।

प्रिमियर लिग अप्रिल ४ सम्मका लागि स्थगित गरिएको छ । यस्तै च्यामिपयन्स लिग केही हप्ताका लागि स्थगित गरिएको छ भने सिरी ए र ला लीगा पनि स्थगित भएको छ । जर्मन क्लब बुन्डेसलिगा पनि स्थगित गरिएको छ ।

केही क्लबका खेलाडीहरु तथा प्रशिक्षकहरुमा पनि कोरोना पोजेटिभ देखिएका छन् भने केही आशंका गरिएका खेलाडीमा भने कोरोना नभएको पुष्टि भएको छ ।

लेस्टर सिटीका तिन खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । चेल्सीका हुड्सन ओडाई,युभेन्टसका रुगानी,साम्पडोरीयाका खेलाडी जानेस हर्न,म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डी,बोर्नमाउथका आर्थुर तथा टोटेन्ह्यामका खेलाडी सनमा पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

आर्सनलमा प्रशिक्षक माइकल अर्टेटा लगायतमा कारोना भाइरसको संक्रमण देखिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);