नेपाल पुलिस क्लबलाई राजर्षि जनक फुटबल प्रतियोगिताको उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल पुलिस क्लबलाई राजर्षि जनक फुटबल प्रतियोगिताको उपाधि

Polic club

काठमाडौं, ३ चैत । विभागीय टिम पुलिसले चौथो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । आईतबार सर्लाहीको बागमतीमा भएको खेलको सुरुवातमै पुलिसले अग्रता बनाएको थियो । खेलको पहिलो मिनेट तीर्थ राना मगरले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पुलिसका कप्तान जुमानु राईले ११ औ मिनेटमा गोल गर्दै पुलिसलाई २–० ले अघि बढाए ।

पाहुना टोली कन्चनजंघाका अमिर लामाले १९ औ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर बाँकी समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि पुलिस प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधिसंगै पुलिसले नगद १० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको कन्चनगंघाले ५ लाख रुपैयाँमा चित्त बुझायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);