टोकियो ओलम्पिकको टर्च र्याली हस्तान्तरण खाली रंगशालामा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टोकियो ओलम्पिकको टर्च र्याली हस्तान्तरण खाली रंगशालामा हुने

olampik

एजेन्सी, ३ चैत । आगामी हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुने टोकियो ओलम्पिकको टर्च र्याली खाली स्टेडियममा हस्तान्तरण हुने भएको छ ।

कोरोना भाइरसको त्रासका कारण टर्च र्याली खाली स्टेडियममा हस्तान्तरण हुने भएको हो । ग्रिस ओलम्पिक कमितीले टोकियो ओलम्पिकको टर्च हस्तान्तरण खाली रंगशालामा हुने बताएको हो । कोरोनाको त्रासका कारण ग्रिसले आफ्नो देशमा घुमाउने भनेको टर्च र्यालीको कार्यक्रम रद्द गरेको थियो ।

यसअघि सन् १८९६ को ओलम्पिक भएको रंगशालामा टर्चको कार्यक्रम हुँदा समर्थकको बाक्लो उपस्थिती हुने गथ्र्यो । तर यसपटक भने यो कार्यक्रम सुनसानमा हुने भएको छ । ग्रिसमा अहिलेसम्म २२८ जनामा कोरोना संक्रमण देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);