आजदेखि १३ औं सागको ओलम्पिक टर्च र्याली शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आजदेखि १३ औं सागको ओलम्पिक टर्च र्याली शुरु

sag

काठमाडौं, ६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्याली काठमाडौँबाट शुरु भएको छ ।

शुक्रबार स्वयम्भू मन्दिर परिसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले वरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि ओलम्पिक टर्च र्याली शुरु भएको हो । पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरि र्याली सम्पन्न हुनेछ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहने छ । सात राष्ट्रको सहभागितमा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन् । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);