टोक्यो ओलम्पिकमा थप ९० करोड डलर खर्च हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टोक्यो ओलम्पिकमा थप ९० करोड डलर खर्च हुने

tokyo olympics

एजेन्सी, ८ पुष । सन् २०२१ मा हुने टोकियो ओलम्पिक आयोजकले प्रतियोगिताका बेला कोरोना भाइरस नफैलियोस भनेर ९० करोड डलर थप खर्च गर्ने भएको छ ।
टोकियो ओलम्पिक आयोजकले ओलम्पिकका बेला टोकियो पुग्ने खेलाडी, पर्यटकको स्वास्थ्यलाई ध्यान दिएर कोरोनाविरुद्धको खर्च भनेर ९० करोड डलर बजेट छुट्याएको जनाएको छ ।

यसका लागि आयोजकले चिकित्सको विशेष टोली बनाएको छ । योसंगै कोरोनाका कारण २ हजार २० मा हुन नसकेको टोकियो ओलम्पिकको खर्च २२ प्रतिशतले बढ्ने निश्चित भएको छ । जसका कारण ओलम्पिकको कुल खर्च १५ दशमलव ४ विलियन डलर पुगेको छ ।

टोकियो ओलम्पिकको बढेको बजेटलाई थप प्रायोजक र बीमाबाट व्यवस्था गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);