टोकियो ओलम्पिक १ वर्ष पर सर्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

टोकियो ओलम्पिक १ वर्ष पर सर्न सक्ने

olampic-japan

एजेन्सी, ११ चैत । जापानमा हुने टोकियो ओलम्पिक एक बर्ष सर्ने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका सदस्य डिक पाउण्डले टोकियो ओलम्पिक सन् २०२१ सम्म सर्ने खुलासा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पाउण्डले पोन्डले टोकियो ओलम्पिक सर्ने पक्का भएपनि २०२१ मा कहिले हुन्छ भन्ने यकिन गर्न नसकिने बताए । कोरोनाका कारण टोकियो ओलम्पिक सार्ने बिभिन्न देशका संघले र ओलम्पिक कमिटीले दबाव दिएका थिए ।

टोकियो ओलम्पिकको आयोजनाका सम्बन्धमा आइओसीले चार सातामा निर्णय गर्ने बताइरहँदा आइओसीका सदस्य पाउण्डको यस्तो अभिव्यक्ती सार्वजनिक भएको हो ।

जापानमा यो बर्ष ओलम्पिक भए खेलाडी नपठाउने भन्दै क्यानडा, अष्ट्रेलिया र बेलायतले पनि आइओसीलाई पत्राचार गरिसकेका छन् । टोकियो ओलम्पिक आगामी जुलाई २४ बाट सुरु हुने तालिका थियो । यसका लागि टोकियो पनि तयार पनि थियो । तर कोरोनका कारण धेरै मुलुकले टोकियो ओलम्पिकको मिति सार्नु पर्ने माग गरिरहेका छन् ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

test123123

८ घन्टा अघि

test123123

८ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१३ घन्टा अघि