टोकियो ओलम्पिकको दिप प्रज्वलन प्रदर्शनी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

टोकियो ओलम्पिकको दिप प्रज्वलन प्रदर्शनी स्थगित

olampik tokyo

एजेन्सी, २६ चैत । जापानले टोकियो ओलम्पिक खेलकुदको दिप प्रज्वलनको प्रदर्शनी स्थगित गरेको छ । कोरोना भाईरसको कारण जापान सरकारले संकटकाल घोषणा गरेसँगै ओलम्पिक दिपको प्रदर्शनी बन्द गरिएको हो । कोरोनाकै कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको दिप फुकुशिमा प्रान्तमा प्रदर्शनीका लागि राखिएको थियो ।

तर, प्रधानमन्त्री सिन्जो आबेले मंगलबार कोरोना रोकथामका लागि टोकियोसहित ७ प्रान्तमा संकटकालको घोषणा गरेका थिए । जसको कारण दिपको प्रदर्शनी रोकिएको हो । एक वर्ष स्थगित विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यस अघि टोकियो ओलम्पिक यहिँ जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम टोकियो ओलम्पिक गेम्स २०२० नै रहने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);