खेलकुदमन्त्री विश्वकर्मालाई कोरोना नियन्त्रण र राहत वितरण व्यवस्थापनको जिम्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खेलकुदमन्त्री विश्वकर्मालाई कोरोना नियन्त्रण र राहत वितरण व्यवस्थापनको जिम्मा

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा

काठमाडाैं, २५ चैत । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र राहत वितरणका लागि युवा तथा खेलाडी परिचालन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसकेको बैठकले त्यसको जिम्मेवारी युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारलाई दिएको हो ।

मन्त्री विश्वकर्मालाई युवा खेलाडीहरुलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण तथा राहत वितरणका लागि स्वयंसेवकका रुपमा तयार गरेर परिचालन गर्ने जिम्मेवारी दिइएको छ । सरकारले कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने र जनतालाई सहजता प्रदानका लागि स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णय गरेको हो । मन्त्री विश्वकर्माले यस विषयमा सरोकारवालासँग समन्व्य गर्ने हुनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);