फिफाद्वारा समर ट्रान्सफर विन्डोको समय थप्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

फिफाद्वारा समर ट्रान्सफर विन्डोको समय थप्न अनुमति

fifa logo

एजेन्सी, २६ चैत । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले खेलाडी किनबेच सम्झौता अर्थात् समर ट्रान्सफर विन्डोको समय थप्न अनुमति दिएको छ ।

कोरोना भाइरस महामारीका कारण अहिले विश्व फुटबल ठप्प भएर कुनै पनि फुटबल गतिविधि नभएको अवस्थालाई मध्यनजर गर्दै फिफाले खेलाडीको सम्झौता केही समयको लागि बढाउन अनुमति दिएको हो । फिफाले सदस्य विभिन्न मुलुकका फुटबलसंघ, क्लब, खेलाडी र लिगका प्रतिनिधिसँग छलफल गरेर खेलाडी किनबेच सम्झौताको समय थप गरेको हो ।

यसअघि सन् २ हजार २०–२१ का लागि खेलाडी किनबेच सम्झौता ३० जुनसम्म सकाउन सबैले सहमति गरेका थिए, तर कोरोनाका कारण त्यो संभव नहुने भएपछि फिफाले सम्झौता स्वतः नविकरण गर्न सकिने र अर्को सिजन सुरु नहुँदासम्म लागू गर्न सकिने अनुमति पनि दिएको छ । फिफाले विज्ञप्ति जारी गर्दै जारी आउने सिजनको खेल तालिका पनि प्रभावित हुने जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);