आर्सनलाई ४२ हजार डलर जरिवाना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आर्सनलाई ४२ हजार डलर जरिवाना

arsenal fined

एजेन्सी, २० असार । विश्व फुटबल महासंघ फिफाले खेलाडी अनुबन्धमा नियन उलंघन गरेको भन्दै ईग्लिस क्लव आर्सनलाई जरिवाना लगाएको छ । सन् २०१८ मा आर्सनलले आफ्ना खेलाडी चुबा अक्पोमलाई विक्रि गर्दा नियम भन्दा गलत तरिकाले खेलाडी विक्रि गरेको भन्दै फिफाले कारबाही गरेको हो ।

क्लवले खेलाडी विक्रिको सर्तमा नियम अनुसार काम नगरेको पनि फिफाले जनाएको छ । कारबाही अन्तर्गत फिफाले आर्सनललाई ४२ हजार तीन सय अमेरीकी डलर जरिवाना लगाएको छ ।गत जनवरीबाट फिफाले आर्सनलको उक्त मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जसमा उसले क्लवको २०१८ को खेलाडी किनबेचको काजजाज सबै हेरेको थियो ।

कागजाजमा आर्सनलले नियम विपरित सम्झौता गरेको पाइएको फिफाको अनुसन्धानले देखाएको थियो ।फिफाको अनुशासन कमिटीले आर्सनलले अरु क्लवलाई प्रभावित गर्ने किसिमले खेलाडी विक्रि गरेको र फिफाको नियम उलंघन गरेको ठहर गरेको छ । तर आर्सनलले फिफाको आरोपलाई भने गलत भनेको छ । आर्सनलले कुनैपनि क्लवलाई प्रभावित हुनेगरि काम नगरेको दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);