जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखलाई

एजेन्सी,२१ असार । बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति लेवरकुसनको मैदानमा भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई त्यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए । खेलको १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा सेर्गीले बायर्नको अग्रता दोब्बर बनाए । ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्नको अग्रता ३–० को बन्यो । ६३ औं मिनेटमा लेवरकुसनका बेन्डेरले गोल गर्दै खेल ३–१ मा ल्याए । तर, ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाए ।

यससँगै उनले सिजनको ५१ औं गोल पुरा गरे । त्यसपछि खेलको इन्जुरी समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल फर्काएपनि बायर्न ४–२ ले विजयी भयो । यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);