जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखसँग ८–० गोल अन्तरले साल्के पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखसँग ८–० गोल अन्तरले साल्के पराजित

एजेन्सी, ३ असोज । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा बायर्नले साल्केलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे । यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक–एक गोल गरे । खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए ।

खेलको ३१ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा बायर्न ३–० ले अघि रह्यो । दोस्रो हाफमा बायर्नले थप पाँच गोल गर्यो । खेलको ४७ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४–० ले अघि रह्यो । ५९ औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५(० ले अघि रह्यो । ६९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता ६–० को बन्यो ।

खेलको ७१ औं मिनेटमा डेब्यु खेलाडी सानेले गोल गर्दै बायर्नलाई ७–० को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा मुसिलाले गोल गर्दै बायर्नलाई ८–० को जित दिलाए । जितसँगै बायर्नले सुखद सुरुवात गर्दै पहिलो खेलमै ३ अंक जोडेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);