क्यान कार्यसमितिको बैठक असोज ५ र ६ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्यान कार्यसमितिको बैठक असोज ५ र ६ गते

काठमाडौं, २ असोज । नेपाल क्रिकेट संघ क्यानले असोजको पहिलो साता कार्यसमितिको बैठक गर्ने भएको छ । क्यानले असोजको ५ र ६ गते कार्यसमितिको बैठक काठमाडौँ बाहिर गर्ने भएको हो ।

कोरोना भाईरसको महामारीका विच पनि जनजीवन सामान्य हुन थालेपछि क्यानले बैठक गर्ने भएको हो । यसअघि भर्चुअलबाट नै कार्यसमितीको बैठक गर्ने योजना गरिएको थियो अहिलेसम्मको योजना अनुसार चितवन जिल्लामा बैठक हुने संभावना रहेको छ ।

कार्यसमितिका पदाधिकारीको उपस्थिती हुने सो बैठकमा साधारण सभाको मिति पनि तोकिने छ । क्यानमा नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन । जसका कारण २१ दिने सूचना निकालेर चाँडो भन्दा चाँडो साधारण सभा गर्ने योजनामा क्यान छ ।

क्यानले पछिल्लो पटक संघको आर्थिक नियमावलीलाई परिमार्जन गर्ने तयारी गरेको छ । यसअघि विनयराज पाण्डे अध्यक्ष हुँदा बनाइएको आर्थिक नियमावलीमा धेरै बुँदा परिवर्तन हुनेछन्, त्यसलाई अन्तिममा साधारणसभाबाट परिमार्जित बुँदालाई पास गरिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);