क्यान साधारणसभा फागुन १३ र १४ गते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

क्यान साधारणसभा फागुन १३ र १४ गते

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आगामी फाल्गुनमा हुने भएको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले साधारणसभा १३ र १४ फागुनमा धनगढीमा गर्ने निर्णय गरेको हो । 

यस अघि माघमा साधारणसभा धनगढी गर्ने भनिएपनि २० जिल्ला संघको अधिबेशन नभएका कारण रोकिएको थियो । यस्तै सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।

यता, अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय समेत  फिर्ता लिइएको छ । 

यस्तै  ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने क्यानके निर्णय गरेको छ । 

यस्तै राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि रु एक लाख पचास हजार सहयोग गर्ने निर्णय गरिएको छ । संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा • कैलाश बिस्ट लाई मनोनयन गर्ने निर्णय गरेको छ।

यस्तै क्यानले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो  । पुरुष खेलाडी तर्फ कतान  सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी ग्रेड “ए” मा रहेका छन् ।

ग्रेड “बी” मा  कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहदा ग्रेड “सी” कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफछन् । यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड “ए” मा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् । 

यस्तै ग्रेड “बी” मा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहदा  ग्रेड “सी”   मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहे

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);