महासंघद्वारा साधारणसभाको मिति तय गर्नका लागि समिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महासंघद्वारा साधारणसभाको मिति तय गर्नका लागि समिति गठन

काठमाडौं, २२ साउन । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न ६ सदस्य रहेको समिति गठन गरेको छ ।

त्यस्तै साउन २६ र २७ गतेका लागि तय भएको निर्वाचन सार्ने निर्णयलाई पनि अनुमोदन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएटको तर्फबाट दुई-दुई जना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

समितिले १५ दिन भित्र साधारणसभाको मिति र मोडालिटी तयार गरी महासंघको पदाधिकारी समितिमा पेश गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);