यशोधरामा पर्यटन प्रवर्द्धन विकास समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

यशोधरामा पर्यटन प्रवर्द्धन विकास समिति गठन

yashodhara ma paryatan

कपिलवस्तु, २ फागुन । कपिलवस्तुको यशोधरा गाँउपालिकामा पालिका स्तरीय पर्यटन प्रबर्धन विकास समिति गठन भएको छ । शुक्रबार पालिकामा भएको सर्वपक्षिय बैठकबाट पालिका अध्यक्ष गिरजेश कुमार पाण्डेंयको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि प्रदेश सरकारले स्थानीय सरकारमा पर्यटन प्रवर्धन विकास समिति गठन गर्न परिपत्र गरेसंगै यशोधरा गाँउपालिकाले उक्त समिति गठन गरेको हो ।

यशोधरा गाँउपालिका विभिन्न राजनीतिक दल, उद्योगी व्यवसायी, समाजसेवी, महिला लगायतको उपस्थितीमा गठन भएको समितिमा चन्द प्रकाश दुबे, साधिका यादव, प्रेम लता भट्ट, चन्द्र प्रकाश दुबे, चन्दहरि चौधरी, राकेश पाठक,दीपनाराणय चौधरी, शम्भू शैनी, देबेन्द्र कुमार पाण्डेंय र सदस्य सचिवमा यशोधरा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम चन्दर ढकाल रहनु भएको छ ।

प्रदेशले नै समिति गठनका लागि मापदण्ड तोकेको थियो । त्यही मापदण्डलाई आधार मानेर यशोधरामा समिति गठन भएको यशोधरा गाँउपालिकाले जनाएको छ । सल्लाहकार बारिष्ट पत्रकार मानोज पोडेल र समाज सेवी श्याम प्रजापति रहनु भएको छ ।

बैठकबाट यशोधरा गाँउपालिका क्षेत्रभित्र सम्भावना भएका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी ३ साता भित्र पुरातात्विक पर्यटकीय क्षेत्रहरुको विवरण पेश गर्ने बताएको छ । विवरण पेश गर्नका लागि ३ सदस्यिय पर्यटकीय क्षेत्र पहिचान समिति पनि गठन गरिएको छ । जसको सदस्यहरुमा शम्भू शैनी, चन्द प्रकाश दुबे रहनु भएको छ भने पालिकाका सामाजिक शाखाका देबेन्द्र कुमार पाण्डेंय संयोजक रहनुभएको छ ।

यसैगरी बैठकले पर्यटन प्रवर्धन विकास समिति सञ्चालन कार्यविधि, २०७६ को मस्यौदा तयार गर्नका लागि यशोधरा गाँउपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको छ । ढकालले मस्यौदा कार्य्विधि तयार पारी आगामी बैठकमा पेश गर्नुहुने छ ।

समितिलाई अझ क्रियाशिल बनाउनका लागि आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);