नेपाल एकीकरणको सन्दर्भसँग जोडेर समिति गठन, गठन आदेश मार्फत विकास निर्माण गर्ने प्रक्रिया सुरू : पर्यटन मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल एकीकरणको सन्दर्भसँग जोडेर समिति गठन, गठन आदेश मार्फत विकास निर्माण गर्ने प्रक्रिया सुरू : पर्यटन मन्त्री ढकाल

काठमाडाैं, २६ पुष । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ ।

आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको बताउनुभएको हो ।

पृथ्वीनारायण शाहको एकीकरणको अभियान नुवाकोटबाट शुरु भएर विजय प्राप्ती भएको र देहवसान पनि नुवाकोट मै भएकोले चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले संरक्षण गर्न गठन आदेश मार्फत विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको बताउनुभएको हो । 

सरकारले अग्रज र पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने पनि मन्त्री ढकालले बताउनुभयो । पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियान्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको पनि बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);