पशुपति क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

पशुपति क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार

काठमाडौ, २३ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने बताउनुभएको छ ।

मंगलबार नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपती मन्दीरको दक्षिण द्धारको उद्घाटनका क्रममा मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताउनुभयो ।

उहाँले त्यसका लागि पशुपती क्षेत्रभित्र जिर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको उल्लेख गर्नुभयो । मन्त्री भट्टराइले पशुपती क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने बताउनुभयो ।

कार्यक्रममा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले विश्वमा नै हिन्दुहरुको प्रमुख तिर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपती क्षेत्रलाई विकास गरिएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);