पशुपति क्षेत्रमा रहेका अबैध घर टहरा भत्काउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पशुपति क्षेत्रमा रहेका अबैध घर टहरा भत्काउने तयारी

काठमाडौं, ७ माघ । पशुपती क्षेत्र विकास कोषले पशुपती क्षेत्र भित्र लामो समयदेखि सञ्चालन रहेका अवैध संरचनाहरु हटाउने भएको छ । संरचनाहरु हटाउने भएपछि त्यस क्षेत्रमा विगत लामो समयदेखि व्यापार व्यवसाय तथा बसोबास गर्दै आएकाहरु भने आक्रोशित भएका छन् ।

कोषले माघ ७ गते भित्रमा पनि अटेरी गरेमा कोष आफैले घर टहरा हटाउने जनाएको छ । तर यहाँ बसोबास गर्ने तथा व्यापार गर्ने स्थानीयहरु भने आफ्ना पुर्खाहरुको पालादेखि बस्दै आएको ठाउँ नछोड्ने अडानमा देखिन्छन् ।

उचित ठाउँको व्यवस्थापन नगरी यहाँबाट हटाउने हो भने कहाँ जाने भन्ने विकल्प नै नभएको स्थानीय व्यवसायिहरुको गुनासो छ । बरु उचित मुल्य तोकिदिए भाडा तिरेरै बस्ने उनीहरु बताउँछन् ।

पशुपति क्षेत्रका घर टहराहरु पहिले पशुपती क्षेत्र विकास कोषले नै बनाई दिएको स्थानीयले बताएका छन् । कोषले आफै बस्नलाई अनुमती दिएको हुनाले यि संरचनाहरु अबैध नभएको स्थानीयको दावी छ । कोषले बस्नको लागी अनुमती दिएर नै बसेको हुनाले अर्को ठाउँको व्यवस्थापन नगरी अहिले एक्कासी हटाउनु उचित नहुने स्थानीयको भनाई छ ।

बसोबास गर्न तथा व्यापार गर्नको लागी उचित ठाउँको व्यवस्थापन गरेर मात्र संरचना हटाउनु पर्ने स्थानीय र व्यवसायीहरुको माग छ । यहाँबाट हटाईए आफ्नो रोजीरोटी नै गुम्ने तथा यहाँबाट निस्केर कहाँ जाने भन्ने विकल्प नै नभएको उनीहरु बताउँछन् । जबर्जस्त डोजर नै ल्याएर पेल्ने हो भने पनि नहट्ने अडानमा छन् स्थानीय बासिन्दा ।

पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल लगायत क्षेत्रमा अव्यवस्थित रुपमा बनेको टहरा छन् ।

ती घर टहरामा वर्षौंदेखि विभिन्न व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् । अव्यवस्थित रुपमा बनेका संरचनाले पशुपति क्षेत्रभित्रको सौन्दर्यको साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);