पशुपती विकास कोषको गुरुयोजनाको विरोध गर्दै स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पशुपती विकास कोषको गुरुयोजनाको विरोध गर्दै स्थानीय आन्दोलित

काठमाडौं, १६ साउन । पशुपती क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्नेगरी गुरुयोजना ल्याएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका हुन् ।

पशुपति क्षेत्रका स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनास हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन् । पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मीक महत्व बिचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन वस्ती नहटाउन स्थानीयले माग गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्तीहरु हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ । त्यसैको विरोध गर्दै स्थानीयले संवेदनशिल पाशुपत क्षेत्र ‘‘ग्वल’’ लाई पशुपति क्षेत्र विकास कोषले खेलवाड गरी विनाश र विध्वांशात्मक नीति लिएको आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);