चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

काठमाडौं, १६ साउन । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् ।

प्रहरीले काठमाडौंको कमलादीबाट मंगलबार बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि भएको थियो ।

मंगलबार बिहान कमलपोखरीको कृष्ण पाउरोटी नजिक चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा कमलादीमा फालेको सेतो रंगको झोलामा प्रहरीले उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);