कपिलवस्तुकाे यशाेधरा गाउँपालिकामा विपद जोखिम न्युनिकरण ऐन पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कपिलवस्तुकाे यशाेधरा गाउँपालिकामा विपद जोखिम न्युनिकरण ऐन पारित

bipad ain parit

कपिलवस्तु, २१ चैत । देशभर दैवी प्रकोप र विपद्का घटना बढ्दै गर्दा कपिलवस्तुको यशोधरा गाँउपालिकाले जिल्लामै पहिलो पटक विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७५ पारित गरेको छ ।

कपिलवस्तुको यशोधरा गाँउपालिकामा आयोजित चौथो गाउँसभाले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७५ सँगै गाँउपालिकाको संस्था दर्ता नियमावली २०७५, अपाङ्गता भएका व्यक्तिको परिचय–पत्र वितरण कार्य विधि २०७५, गाउँपालिकाको संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्य विधि २०७५ गरि पाँच कानुन पास गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गृजेश कुमार पाण्डेयले गाँउपालिकाले बनाएका ऐन र कानुनले कार्य सम्पादन र सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे ।

यशोधरा गाउँपालिकाले चालु आर्थिक वर्षको चालु खर्चतर्फ प्रस्तावित पाँच करोड छ लाख ८५ हजारलाई संशोधन गरि चार करोड ३१ लाख पाँच हजार राखेको छ । पुँजीगत खर्चतर्फको एक करोड २१ लाख १० हजार रकमलाई संसोधन गरि ७५ लाख ६० राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);