बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्न सत्तारुढ दल सहमत | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्न सत्तारुढ दल सहमत

काठमाडौं, १६ पुस । सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबारै निर्देशन दिनुभएको छ ।

सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र सोमबारबाटै काम सुरु गर्नेछ ।

पूर्व न्यायाधीशको नेतृत्वमा बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । छानबिन आयोग ऐन २०२६ बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन हुने छ ।

यसअघि घटना भएकै दिन पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन् ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);