सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेमा माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेमा माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले करिव एक क्वीन्टल सुन प्रकरण छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो सुन प्रकरण छानबिन गरी तथ्य बाहिर ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराउनु भयो ।

उहाँले सो प्रकरणका मुख्य दोषीलाई पक्राउ गरी कारबाही हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्ने सुनिश्चित नभए आफ्नो पार्टीले सदनलाई अगाडि बढाउने नदिने चेतावनी समेत दिनुभयो । प्रमुख सचेतक गिरीले सेटिङमा मुलुकमा क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पदमा बस्ने नैतिक धरातल नरहेको समेत जिकिर गर्नुभयो । उहाँले गृहमन्त्री श्रेष्ठले सो सुन प्रकरणको छानबिन हुन नदिनका लागि त्यसमा संलग्न जो कोहीलाई कारबाही गर्ने भनेर भ्रम छर्ने काम गरिरहेको आरोप समेत लगाउनु भयो ।

प्रमुख सचेतक गिरीले नौं किलो सुन प्रकरणमा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा मुछिए पनि सत्ताकै संरक्षणमा उनलाई अनुसन्धानको दायरामा ल्याउने काम नभएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);