पुरानो संसद भवनलाई संसदीय संग्रहालय बनाउने काम मंसिरबाटः मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पुरानो संसद भवनलाई संसदीय संग्रहालय बनाउने काम मंसिरबाटः मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले अन्तर मन्त्रालयबीच राम्रो समन्वय हुन नसक्दा विकास निर्माणका काममा कठिनाइ हुने गरेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले एउटा मन्त्रालयले अघि बढाएको कामलाई अर्को मन्त्रालयले आवश्यक चासो नदेखाउँदा पनि विकास निर्माणमा अवरोध सिर्जना भइरहेको गुनासो गर्नुभयो । उहाँले अन्तर मन्त्रालयबीच समन्वय गर्न र विकास निर्माणमा देखिएका समस्या समाधान गर्न नीतिगत छलफल नै जरुरी देखिएको उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले शहरी विकास मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कन्जुस्याँई नगरी काम अघि बढीरहेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको पुरानो भवनलाई संसदीय संग्रहालयको रुपमा विकास गर्न पुरानै कला, संस्कृति समेटिने गरी पुनः निर्माण हुने बताउनु भयो । उहाँले त्यससम्बन्धी अहिले परामर्शको काम भइरहेको र एक महिना भित्रमा रिपोर्ट आइसकेपछि टेण्डर आह्वान र श्रोत सुनिश्चितता गरी मंसिरबाट काम अघि बढाइने बताउनु भयो । उहाँले विकास निर्माणमा केही गल्ती र कमजोरी रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

समितिको बैठकमा ग्यालरी बैठक (पुरानो प्रतिनिधि सभा भवन) लाई संसदीय संग्रहालयको रुपमा विकास गर्न उक्त भवनलाई प्रवलीकरण प्रविधिद्वारा संरक्षण गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको प्रगतिका बारेमा छलफल भएको हो । समिति बैठकमा सांसदहरुले सरकारका योजनामा बजेटअनुसारको काम हुन नसकेको गुनासो समेत गरे । सांसदहरुले सरकारले संरचना बनाउने काममा ढिलाइ गर्नुनहुने बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);