विपद् व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गराैँ : प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

विपद् व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गराैँ : प्राधिकरण

काठमाडाैं । सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा यस्ताे जानकारी गराएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरुले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको समेत स्पष्ट पार्नुभयो । मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद् व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताउनुभयो ।

प्राधिकरणले विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सफाईको काम गर्न पनि पत्रचार गरिएको जनाएको छ । विपद व्यवस्थापनको काम स्थानीय सरकारले प्रभावकारी ढंगले सम्पन्न गर्न सक्ने भएकाले सोही अनुसारको तयारी भईरहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बताउनुभयो।

Leave a Reply