'बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा’


काठमाडौं, ५ कार्तिक । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गर्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्यविधि तयार पारिएको बताउनु भएको हो ।

कार्यविधि अनुसार विपद व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ । स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने छ । पुनस्थापनमा पछि जीविको पार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग सम्न्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने छ ।

सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, आछाम लगायतका जिल्लामा बाढी पहिरोबाट भएको क्षति र तीनका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणको कार्यकारी समितिले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै विपद व्यवस्थापनका अन्य कार्यक्रमहरुलाई अगाडि बढाइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);