मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा खुल्ने

Rastriya-manab-adhikar-aayog

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दशैँ विदामा पनि खुल्ने भएका छन् । मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी लिन दशैं बिदामा १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने राष्ट्रिय मानव अधिकार आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने जनाएको छ । यसैगरी आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन सहसचिव टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);