भारतीय गुप्तचर विभाग रअ का प्रमुख सामन्तकुमार गोयलको गोप्य काठमाडौं भ्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतीय गुप्तचर विभाग रअ का प्रमुख सामन्तकुमार गोयलको गोप्य काठमाडौं भ्रमण

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर विभाग रिसर्च एण्ड एनालाइसिस विंग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा गोप्य भ्रमण सकेर बिहीबार फर्किनु भएको छ ।

बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा आइपुग्नु भएका गोयल सोही विमानमा बिहीबारे नयाँ दिल्ली फर्किएको बताइएको छ । गोयल आएको र गएको बाहेक सम्पूर्ण गतिविधि भने गोप्य नै रहेको छ ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक भएको छैन । दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् ।

गोयल यसअघि सन् २०१९ को जुलाईमा नेपाल आउनु भएको थियो । गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको भन्ने समाचारहरु प्रकाशित भएको भन्दै दाहालको सचिवालयले विज्ञप्ति जारी गरेर भेटघाट नभएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);