भारतीय विदेश सचिव नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं, २५ कार्तिक । नेपाल र भारतबीच एक वर्षदेखिको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने हुनु भएको छ ।

भारतीय सञ्चार माध्यमहरुले श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमण गर्ने उल्लेख गरेका छन् । भारतीय संचार माध्यमहरुले श्रृंगलाको भ्रमणलाई एक वर्षयता खराब बन्न पुगेको दुई देशबीचको सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको संकेत रुपमा उल्लेख गरेका छन् ।

अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेको तीन दिने भ्रमणका लागि काठमाडौं आउनु भएको थियो । त्यसैगरी कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले पनि काठमाडौं आउनु भएको थियो ।

गत वर्ष पुसमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हाल्नु भएका श्रृंगलाले पहिलो पटक आफ्नो निकट छिमेकी मुलुकको भ्रमण गर्न लाग्नु भएको हो । अघिल्लो वर्ष कात्तिकमा भारतले कालापानीलगायतका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेयता दुई देशबीच यस विषउमा औपचारिक वार्ता हुन सकेको छैन । गत वैशाखमा भारतले नेपालको भूमि भएर पिथौरागढ–लिपुलेक सडकको उद्घाटन गरेपछि काठमाडौं–दिल्लीबीचको दूरी थप बढ्न गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);