भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार नेपाल आउँदै

काठमाडौं, ८ मंसिर । छिमेकी राष्ट्र भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन् । विदेश सचिवको कार्यभार सम्हालिसके पछिको श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो ।

यो भ्रमणले भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरतालाई प्रष्ट्याउने भन्दै काठमाण्डौ स्थित भारतिय दु्तावासले आज जारी गरेको विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तीमा भनिएको छ, भ्रमणको क्रममा विदेश सचिवले आफ्ना समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नेछन् ।

‘नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


कालापानी, लिपुलेक सिमा विवादसँगै झण्डै अबरुध्द बनेको नेपाल भारतबिचको संवादलाई केहि समय अघि भएको भरतिय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल तथा सेना प्रमुख मनोज मुकुन्द नरवणेले गरेको नेपाल भ्रमणले केही सकारात्मक सन्देश दिईरहेकै बेला विदेश सचिवका रुपमा हर्षबध्र्दन श्रृंगलाको हुन लागेको भ्रमणले वातावरणलाई अझ सहज बनाउने विश्वास गरिएको छ । श्रृंगला यस अघि निजी भ्रमणमा पटक पटक काठमाण्डौ आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);