नेपाल चीन र भारतको उच्च प्राथमिकतामा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

नेपाल चीन र भारतको उच्च प्राथमिकतामा (भिडियोसहित)

सत्तारुढ नेकपाको विवादकाबीच दुई छिमेकी राष्ट्रबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ । छिमेकी राष्ट्रसँग सेलाएको संवाद यी भ्रमणको श्रृंखलाले ताजा बनाउने भएको छ । भारतीय विदेशसचिव आगामी बिहीबार नेपाल आउने र उहाँ फर्केलगत्तै चीनका रक्षामन्त्री वेई फेङहे पनि काठमाण्डौ आउँदै हुनुहुन्छ ।

सत्तारुढ दल नेकपा भित्र नेतृत्व तहमा कचिंगल चलिरहेकै बेला मुलुकमा विदेशी दुत हरु को आगमन हुदै छ । पछिल्ला दिनमा नेपाल भारत सम्बन्धलाई नयाँ शीराबाट अघि बढाउनु पर्ने आवश्यकता बोध भईरहेका बेला भारतीय विदेश सचिव हर्षबध्र्दन श्रृंगला बिहीबार काठमाण्डौ उत्रँदै छन् । विदेश सचिव श्रृंगला नेपाल भ्रमण सम्पन्न गरि नयाँ दिल्ली फर्के लगत्तै उत्तरको छिमेकी मुलुक चीनका राष्ट्र«पती सि जिङ फिंगको सन्देश सहित त्यहाँका रक्षामन्त्री वेई फेङहे पनि विशेष विमानबाट काठमाण्डौ आउँदै छन् । सत्तारुढ दलभित्र भारतको गुप्तचर संस्थाका प्रमुख र स्थल सेनाध्यक्षबाट भएको भ्रमणको चर्चा सेलाउन नपाउँदै हुन लागेको भारतीय विदेश सचिवको भ्रमण र त्यस लगत्तै हुने उत्तरी छिमेकी मुलुक चीनका रक्षा मन्त्रीको आसन्न भ्रमणलाई कुटनैतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

त्यसो त, नेपालका अभिन्न छिमेकीका रुपमा रहेका दुई मित्र राष्ट्र««बाट चरणबध्द रुपमा भईरहेका यस्ता उच्चस्तरीय भ्रमणले छिमेकीहरुमा नेपाल महत्वले स्थान पाएको देखिएको छ । छिमेकी मुलुकहरुले एकपछि अर्को गरि पछिल्ला दिनमा देखाएको नेपालप्रतिको आकर्षणले अन्तराष्ट्रिय मञ्चमा मुलुकको कुटनैतिक हैसियत समेत बढेको अन्दाज गर्न सकिन्छ । लामो समयपछि मुलुकलाई प्राप्त यो अवसर सदुपयोग गर्न सके भारत र चीनसँगको नेपाल सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने बाटो खुल्ने देखिएको छ । यसका लागि राष्ट्रिय हितलाई सर्वोपरि ठान्दै सबै राजनैतिक दलहरु एकजुट भएर सरकारलाई साथ दिन आवश्यक छ ।

केही समय अघि मात्रै भारतीय प्रधानमन्त्रीको विशेष दुतका रुपमा त्यहाँको गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्माओलीसँग भेटवार्ता गरेको विषयलाई सत्तारुढ दलकै नेताहरुले राजनैतिक बहसको विषय बनाईरहेका छन् । तर, यहाँ बिर्सन नहुने पक्ष के हो भने, एक वर्षदेखि चिसिएको नेपाल भारत सम्बन्धमा गोयलको भ्रमणले नै सम्वादको ढोका खोलेको थियो ।

गोयलको नेपाल भ्रमणलाई सत्तारुढ दल भित्रैबाट राजनीतिक बहसको विषय बनाई रहँदा, त्यसपछि मात्रै नेपाल र भारतबिच विगत एक वर्षदेखि अपेक्षित विदेश सचिव स्तरीय वार्ता हुन लागेको यथार्थ बिर्सन मिल्दैन । नेपाल भारत सचिवस्तरीय बैठकपछि नेपाल भारत संयुक्त आयोगको बैठक समेत बस्ने भएकाले दुई देशबिच थाँती रहेका कतिपय विषय टुंग्याउन यसले सहज वातावरण निर्माण गर्ने अनुमान पनि गर्न सकिन्छ । सचिवस्तरीय वार्ता लगत्तै नेपाल र भारतबिच उच्चस्तरीय राजनैतिक भेटवार्ताको समेत ढोका खुल्ने अपेक्षा गरिएकाले सत्तारुढ दलका नेताहरु कुर्सी केन्द्रित बहसमा अल्झनु भन्दा भारसँगको वार्तालाई मुलुकको हितका लागि फलदायी बनाउन सरकारलाई सहयोग गर्नु नै देश र जनताको हितमा हुनेछ ।

दक्षिण तिरको छिमेकी भारतसँगको सम्बन्धमा चर्चा गरिरहँदा नेपालको असल छिमेकीका रुपमा आफुलाई चिनाउँदै आएको अर्को उत्तरी छिमेकी चीनको नेपाल महत्वलाई पनि बिर्सन मिल्दैन । आफ्नो अभिन्न अंग तिब्बतसँग सिमा जोडिएको नेपालसँगको सदियौं पुरानो मित्रतालाई चीन अझै उचाईंमा पु¥याउन चाहिरहेको उसको ब्यवहारले देखाउँदछ ।

योसँगै, बिआरआइ परियोजना मार्फत विश्वमै आफ्नो सञ्जाल विस्तार गरिरहेको चीन नेपाल मार्फत नै भारतसँग रेल सञ्जालका माध्यमबाट जोडिन चाहिरहेको छ । त्यतिमात्रै होईन विश्व शक्ति राष्ट्र अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसि) मार्फत नेपाल चासो बढाएकाले पनि नेपाललाई चीनले थप महत्व दिनु पर्ने अवस्था विकसित हुँदै गएको छ ।

त्यसैले पनि चीनबाट हुन लागेको रक्षामन्त्री स्तरीय यो भ्रमणले धेरै अर्थमा महत्वपूर्ण मान्न सकिन्छ । ठूला विश्व शक्ति राष्ट्र« भारत र चीनले दुई ढुंगा बिचको तरुलका रुपमा रहेको नेपाललाई दिएको महत्वलाई पञ्चशीलको सिद्धान्तका आधारमा कुटनैतिक चातुर्यता प्रदर्शन गर्दै देशको विकास र प्रगतीमा कसरी रुपान्तरण गर्ने भन्ने तर्फ नै सोच्नु आजको आवश्यकता हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);