चिनियाँ रक्षामन्त्री फेङही आइतबार नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

चिनियाँ रक्षामन्त्री फेङही आइतबार नेपाल आउँदै

काठमाडाैं,१३ मंसिर। चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङही आइतबार नेपाल आउने हुनुभएको छ ।परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै फेङहीको नेपाल भ्रमणबारे औपचारीक जानकारी गराएको हो ।

एक दिने भ्रमणका क्रममा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने उल्लेख गरिएको छ ।

फेङही आइतबार नै स्वदेश फर्किने समेत जनाइएको छ । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने विज्ञप्तिमा उल्लेख छ ।

भारतीय विदेशमन्त्री हर्षवर्धन श्रृङ्गला नेपालको दुई दिने भ्रमण सकाएर फर्किए लगत्तै उत्तरी छिमेकी राष्ट्रबाट उच्च राजनीतिक भ्रमण हुन लागेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र विवाद बढ्दै गएको अवस्थामा फेङहीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);