नेकपाको सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८०, शनिबार

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडाैं,१३ मंसिर। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ । पूर्वनिर्धारित सचिवालयको बैठक आज अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पेज लामो प्रस्तावको विषयमा छलफल हुने बताइएको छ । साथै प्रतिवेदनमाथि अर्का अध्यक्ष ओलीले जवाफ पेस गर्ने तयारी समेत रहेको बुझिएको छ ।

पछिल्लो समय नेकपामा मन्त्रिपरिषद्म हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आउनुभएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

Leave a Reply