नेकपाको सचिवालय बैठक भोलि बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८१, बुधवार

नेकपाको सचिवालय बैठक भोलि बस्दै

काठमाडौं, ३२ साउन । सत्तारुढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल हुने जनाइएको छ । सोमबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने जनाइएको छ ।

पार्टीभित्रको अन्तरबिरोध समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदललाई सोमबारको बैठकले सचिवालय बैठकले अनुमोदन गर्नेछ ।वरिष्ठनेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयले कार्यदल गठन प्रक्रियालाई अनुमोदन गरेपछिमात्रै त्यसको प्रतिवेदन बैठकमा छलफल हुनुपर्ने धारणा राखेपछि सोमबारको बैठकमा कार्यदल गठनको निर्णय अनुमोदन हुनेछ ।

त्यसैगरी सोमबारको बैठकमा नै मन्त्रिपरिषदका सदस्य परिवर्तन गरेर सरकारलाई प्रभावकारी पार्ने विषयमा पनि छलफल हुने नेकपाका नेताहरुले बताएका छन । पार्टीमा विवाद बढेसँगै नेकपाको सचिवालय बैठक पनि लामो समयदेखि बस्न सकेको थिएन । गत शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानउन्मुख बन्दै गएको नेताहरूको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);