नेकपाको सचिवालय बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपाको सचिवालय बैठक आज बस्दै

oli-dahal

काठमाडौं, १७ वैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपाभित्रको आन्तरिक बिवादका बिषयमा छलफल हुने जनाइएको छ । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच अलग्गै छलफल भएपछि आज सचिवालय बैठक बस्ने तय भएको हो । पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ ।

तर, अध्यादेशको औचित्यबारे छलफल अध्यक्ष दाहाल र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने जनाइएको छ । नेकपाका नेताहरुका अनुसार सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुनेछ । यसअघि नेकपा स्थायी कमिटीका २० सदस्यहरुले नेतृत्वलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);