नेपाल विरुद्ध भारतीय रणनीतिलाई यसरी पनि बुझ्ने कि ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल विरुद्ध भारतीय रणनीतिलाई यसरी पनि बुझ्ने कि !


भारत नेपाली राजनीतिमा कुनै नै कुनै रुपले एकछत्र दवाव र प्रभाव पार्न चाहन्छ । तर पछिल्लो समय उसको हर प्रयासहरु असफल हुँदै आएको छ । असफलताको श्रृंखला बढ्न थालेपछि भारतले नेपाली राजीतिक दल र नेतृत्वमा नयाँ रणनीति अपनाउन थालेको छ । नेपालको संविधान र सीमा विवादले झस्किएर मौन कुटनीति अपनाउँदै आएको भारतको आँखा अहिले नेपालको राजनीतिक नेतृत्व र प्रदेश २ सरकारको नेतृत्वमा तेर्सिएको छ ।

नेपालको राजनीतिमा एकछत्र राज गर्दै आएको भारतीय राजनीति केही समयदेखि मौन छ । मौनतासँगै निस्क्रियताको अर्थ लगाउनु र लैनचौर केवल कुटनीतिक मर्यादा भित्र छ भनी सोच्नु लौनचौरको परिवर्तित कार्यशैली बुझ्न नसक्नु नै हो । केन्द्रीय सत्तामा धुँवाधार आँधीबेहेरी ल्याउने अभिलाषा सहित सक्रिय भारतीय राजनीति आफ्नो अभियानको असफलतासंगै केही मत्थर देखिए पनि अब उनीहरु नेपाल भित्र आफ्नो दीर्घकालीन रणनीति सहित गम्भीर रुपमा प्रवेश गरेको राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।

लैनचौरको आक्रामक कार्यशैलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दृढतापूर्वक जवाफ दिएसँगै अब उनीहरुको भूमिका पार्टीहरुको आन्तरिक राजनीतिदेखि लिएर मधेस राजनीतिसम्मका घटना क्रमहरुसँग जोडिन थालेको छ । नेपालको ७ प्रदेश मध्ये प्रदेश २ मात्र संघीय सरकारको प्रतिपक्षी पार्टीले नेतृत्व गरेको छ । प्रदेश २ का युवा नेता एवं त्यस प्रदेशका महत्वपूर्ण व्यक्तिका रुपमा स्थापित हुन सफल मुख्यमन्त्री राउत पहिलादेखि नै लैनचौरको नजरमा राम्रा मान्छे बन्न सकेनन् । लैनचौरको हितलाई सर्वाेपरी ठान्ने पार्टी नेतृत्वको राजनीतिक अभिष्टको अगाडि निरीह देखिएका मुख्यमन्त्री लालबाबु राउत जनताको नजरमा भने निरीह छैनन् ।

तथापी अबको केही समयमा नै पार्टी नेतृत्वले उनलाई मुख्यमन्त्रीबाट बिदाई गर्यो भने यो पनि लैनचौरको सफल राजनीतिक अभ्यास नै मान्नुपर्छ । देश भित्र हुने कुनै पनि प्रकारको छिमेकीको हस्तक्षेप अब नेपालीहरुको लागि स्वीकार्य हुनु हुँदैन । विदेशी एजेण्डाकै रुपमा संघीयता स्थापित भए तापनि यो संरचना भित्र अब विदेशीलाई खेल्न दिनु हुँदैन । आम तराई मधेसका जनता विदेशीको निमित्त राजनीति गर्ने नेतृत्वप्रति सचेत हुन जरुरत छ । नेतृत्वलाई लैनचौर होइन, आफ्नो क्षेत्रका जनतालाई हेरेर राजनीति गर्न दवाव दिनुपर्ने अवस्था आएको छ । प्रदेश २ जस्तो अन्य प्रदेशहरुमा भने लैनचौरको राजनीतिक पहुँच तुलनात्मक रुपमा कमजोर देखिएको छ ।

पार्टी राजनीतिमा पनि केही नविनतम संकेतहरु देखिएका छन् । सत्तारुढ दलमा पदको निमित्त भएको खिचातानी अझै मिलेको छैन । प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति पदको लागि विमलेन्द्र निधिको उम्मेदवारी चर्चामा ल्याइएको छ । मधेसी दलहरु रातारात मिलेका छन् । यी सबै गतिविधिसँग कहीं न कहीं लैनचौरको भूमिकासंग जोडेर हेर्ने गरिएको छ । तथापी, नेपाली जनताको नजर अब कमजोर छैन । राजनीतिलाई भलिभाँती विश्लेषण गर्न नेपाली जनता परिपक्व देखिन्छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);