नेपालको राजनीतिमा छिमेकीको अनुचित चलखेल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालको राजनीतिमा छिमेकीको अनुचित चलखेल (भिडियाेसहित)

पछिल्लो समय नेपालको राजनीति असहज स्थितीबाट गुज्रिरहेको छ । योसँगै विदेशी मित्र राष्ट्रहरुबाट नजानिदो ढंगबाट आफु अनुकुलको परिस्थिती सिर्जना गर्नकै लागि दौडधुप पनि शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्ने निर्णय लिए लगत्तै मुलुकको राजनीतिमा उत्पन्न तरल अबस्थामा उत्तरी छिमेकी मुलुक चिनले प्रत्यक्ष रुपमै आफ्ना गतिविधी बढाएको छ ।

बिगतमा नेपालका हरेक राजनैतिक उतार चढावमा दक्षिणको छिमेकी भारतले आफ्नो रुची जाहेर गरिरहँदा पटक पटक भारतीय हस्तक्षेपको आरोप भारतमाथी लाग्दै आउने गरेको थियो । त्यसैले पनि होला पछिल्लो राजनैतिक घटनामा प्रत्यक्ष रुपले भारतको चलखेलको स्थिती देखिएको छैन । तर, यसो भन्दैमा भारत नेपालको पछिल्लो राजनीतिलाई बेवास्ता गरेर बसेको भन्ने चाहीं हैन । बिगतमा जसरी प्रत्यक्ष रुपले नै भारत आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिकामा देखिएको थियो, त्योबाट अलिक हटेर आफ्नो अनुकुलको ब्यवस्थापनमा भने ऊ लागेकै छ ।

नेपालमा नयाँ सत्ता समीकरणको सम्बन्धमा अन्योल कायमै रहेको अवस्थामा यि दुवै छिमेकी मुलुक भारत र चीन आ आफ्नै ढंगले आफु अनुकुलको परिस्थिती कायम गर्न लागि परेकाछन् । बिगत केही बर्ष अगाडिसम्म नेपालको राजनीतिमा उति साह्रो रुची नदेखाएको चिनले केही समययता भने प्रत्यक्ष रुपमै आफ्नो चासो खोज्न थालेको देखिन थालेको छ । २०७२ सालमा नेपालको नयाँ संविधान जारी भए यता नेपालको आन्तरिक राजनीतिमा नयाँ खेलाडिका रुपमा चिनको उदय भएको स्पष्ट रुपमै देखिएको छ । त्यहीं बिगतमा नेपालको आन्तरिक मामिलामा आफ्नो वर्चस्व खोज्दै आएको भारतको प्रभाव भने २०७२ यता घट्दै आएको महशुस गरिएको छ ।

यतिबेला मुलुकको राजनीति अग्रगमन र पश्चगमनको विवादमा रुमलिएको छ । संसदको अदालती पुनस्र्थापना पछि र अदालतकै आदेशले सत्तारुढ दल नेकपाको विघटन भएपछि सत्ता राजनीतिमा सिर्जना भएको अप्ठेरोले मुलुकको राजनिति नै अन्यौल बनिरहेको यो अवसर पारेर दुबै छिमेकी मुलुकहरु आ आफ्नो ढंगको रणनीति सञ्चालन गर्ने र आफ्नो अनुकुलको सत्ता स्थापना गर्ने रणनीति कार्यान्वयनमा यतिबेला सकृय देखिएका छन ।

मुलुकका मुलधारका राजनीतिक दलहरु सत्तारुढ दल एमालेकै एउटा खेमा, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्रैका केही नेता वर्तमान सरकारको विकल्प खोजेर जानु पर्ने भन्दै मोर्चाबन्दीमा लागि रहेका छन् भने नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको एउटा धार वर्तमान सरकारकै निरन्तरताको पैरवी गरिरहेका छन् । जसले यतिबेला मुलधारकै पार्टीभित्र तीब्र मतभेद चर्किरहेको समयमा भारत र चीनको यो सकृयताले कस्तो परिणाम निकाल्ला त्यो त आउने समयले नै बताउने छ । तर, आफ्नो आन्तरिक मामिलामा नेपाली आफैंले निर्णय गर्न पाउनु पर्ने ठाउँमा विदेशी चलखेलले निर्णय प्रभावित हुनु भनेको चाहीं नेपाली आत्म सम्मान माथी कै प्रहार हो ।

मुलुकको पछिलो राजनैतिक घटनाक्रममा भारतको भुमिका उस्तो देखिने तहमा नरहेपनि पछिल्लो समय काठमाण्डौ स्थिती चिनियाँ दुतावासका कर्मचारीहरुको बेफुर्सदिलो दौडधुपले भने कुट्नैतिक मर्यादा नै नाघेको स्पष्ट पारेको छ । चिनियाँ राजदुत हौ यान्छी यसैपनि केही समय यता नेपाली राजनीतिमा आलोचनाकि पात्र बन्दै आएकी छन् । जब जब राजनीतिमा केही अप्ठेरो परिस्थिती देखिन थाल्दछ विभिन्न राजनीतिक दलका नेताका घरदैलोमा यान्छीको दौडधुप शुरु हुन्छ ।

सत्तारुढ दल नेकपामा देखिएको असहज परिस्थिती र पछिल्लो पटक सत्तारुढ दल एमालेको फुटको स्थितीमा यान्छीले बढाएको यो भेटघाटको कुटनीतिको रफ्तारले नेपालको आन्तरिक मामिलामा प्रदर्शन गरेको नांगो नाच पक्कै पनि कुटनैतिक दायरा भन्दा बाहिरको बिषय हो । आफ्नो कुटनैतिक मर्यादा समेतलाई बिर्सेर चिनियाँ कुटनीतिज्ञ विवादित नेताहरुका जस्केला धाउनु पक्कै पनि नेपाली आत्मसम्मानमा चोट पुग्ने बिषय हो ।

यतिबेला छिमेकी मुलुकका कुटनैतिक नियोगहरु आफ्नो भुराजनैतिक स्वार्थबाट प्रेरित भई नेपालमा पार्टी फोड्ने, जुटाउने, सरकार निर्माण गर्ने, गिराउने जस्ता विशुद्ध आन्तरिक मामिलामा हस्तक्षेपको भुमिकामा देखिएका छन् । जसमा पछिल्लो समय चिनको रफ्तार अन्यका तुलनामा बढी नै देखिएको छ । जसलाई स्वयं नेपालकै राजनैतिक दलहरुले गम्भीरतापुर्वक लिन सकेको देखिएको छैन ।

यतिबेला भारत र चीन दुवैले कुनै न कुनै रुपमा नेपालको राजनीतिलाई प्रभावित पार्न खोजिरहेको देखिन्छ । पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पुनः राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छन् । दुई वर्ष अगाडि नेकपामा आन्तरिक द्वन्द्व शुरु भएदेखि नै उनी निकै सक्रिय छिन् । जसलाई आमरुपमै सहजतापुर्वक लिन सकिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);