पूर्व राजा ज्ञानेन्द्रको भारत भ्रमणको सन्देश (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्व राजा ज्ञानेन्द्रको भारत भ्रमणको सन्देश (भिडियाेसहित)

पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला तिर्थयात्राका क्रममा भारतको हरिद्वार पुग्नु भएको छ । चैत ३० गते सम्पन्न हुने शाही स्नानमा सहभागी हुन हरिद्वार कुम्भ मेला पुग्नु भएको हो । कुम्भ मेलाका क्रममा हिन्दुहरुले पबित्रताको प्रतिकका रुपमा रहेको गंगा नदीमा आयोजना हुने शाही स्नानमा सहभागिताका लागि पूर्व राजालाई आयोजकहरुले विश्वकै एक मात्र हिन्दु सम्राटका रुपमा निमन्त्रणा गरेको बताएका थिए । हरिद्वार पग्नुभएका राजालाई त्यहाँ दिईएको सम्मानले पनि यतिबेला भारतीय शासन के चाहन्छ भन्ने संकेत गरेको छ ।

जसले नेपालमा यतिबेला चलिरहेको राजनैतिक खिचातानी र दलीय अन्तरसंघर्षको परिणाम भोली हुनसक्ने सम्भावित राजनैतिक उथलपुथलतर्फ समेत संकेत गरेको छ । भारतको तीर्थाटनमा रहेका पूर्व राजाको यो यात्रा पक्कैपनि तीर्थाटनमा मात्रै सिमित छैन । नेपालको राजगद्दीबाट विस्थापित गरिएका राजा ज्ञानेन्द्रका यसअघिका भारत भ्रमण उनले नेपालभित्रै गरेका कतिपय भ्रमणले मुलुककै राजनीतिलाई यसअघि पनि तरंगित नगरेको भने हैन ।

तर, यसपटकको भ्रमणलाई नेपालका राजनैतिककर्मीहरुले हलुका ढंगले बुझ्नु भने मुर्खतापूर्ण नै हुनेछ । किनभने यतिबेला हरिद्वारको कुम्भ मेला भर्न गएका पूर्व राजाले तीर्थाटनका नाममा भारतका धर्मान्ध हिन्दू नेताहरूसंगको भेटघाटलाई बाक्लो बनाउनुभएको छ । तर, नेपालका पूर्व राजा र भारतीय संस्थापन पक्षका नेताहरुबीचको यो भेटघाटका क्रममा भएका कुराकानी र यस्ता भेटमा प्रवेश पाएका बिषयका सम्बन्धमा वास्तविक कुरा सार्वजनिक नभएपनि भारतले नेपालमा पुनः राजालाई नै स्थान दिन खोजेको संकेत देखिन्छ ।

शाह आफु विस्थापित भएकै समयदेखि राजनैतिक एजेण्डा बोकेर हिंड्नुभएको छ । जुन उहाँले खोसिएको आफ्नो विरासत पुनः प्राप्त गर्नु ध्येय रहेको सहजै अनुमान लगाउन सकिन्छ । समय र परिस्थितिले यतिबेला मुलुकमा चलेको दलीय रडाको, दलहरु भित्रको स्वेच्छाचारिताकै कारण जनतामा समेत दलहरु प्रति वितृष्णा फैलिई रहेको स्थितीमा पूर्व राजाले देखेको पुनः सत्तासीन हुने सपनामा भारतीय पक्ष दाहिने नहोला भन्ने ठाउँ छैन । त्यसमाथी वर्तमान शासन ब्यवस्थालाई लिएर दक्षिणका छिमेकीको असन्तुष्टि बेलाबेलामा प्रकट भैरहेकै हो ।

उसो त वर्तमान संविधान जारी हुँदाका बखतबाट भारत सन्तुष्ट छैन । संविधानलाई लिएर भारतले उतिबेलै जनाएको असहमती र हस्तक्षेपको प्रयासलाई जनस्तरबाटै विरोध भएकै कारण नीच मारेर बस्न बाध्य बनेको भारत आफ्नो अभिष्टपुर्तीका लागि उपयुक्त समय कुरेर बसेको थियो । यसका लागि नेपालकै राजनीतिक दलहरुले यतिबेला भारतलाई खेल्नकै लागि मैदान सफा गरिदिएका छन् । अझ पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रले देखाएको देशभक्ती र नेपाली नेताहरुले भन्दै आएको देशभक्तीबीचको लय “न्यारेशन” मिलेको छ ।

देशभक्तीका नाममा जस्केलाबाट दिल्लीको आराधना गरेर सत्ता प्राप्त गर्दै आएका नेपाली राजनैतिक नेताको कलालाई यतिबेला पुर्व राजाले पनि रिठ्ठो नबिराई नक्कल गरेको प्रष्ट छ । तर, नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै नेपाली जनताबाट पटक पटक आलोचित बन्दै आएको भारत, उसका आफ्नै कारणले नेपालमा भारत विरोधी भावना भड्काउँदै आएको छ । यस्तोमा भारतीयहरुको बुई चढेर पुनःसत्ता प्राप्तीका लालच राख्ने पुर्व राजा ज्ञानेन्द्रको यो पछिल्लो कदमलाई नेपाली जनताले कसरी बुझ्लान् त्यो भने प्रतिक्षित बिषय हो ।

उता पूर्व राजालाई हरिद्वारमा साधुसन्तहरुको आतिथ्यतामा रहेको देखिएपनि त्यसको अन्तरमा भारतीय संस्थापनको खातिरदारी सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले पनि देशभित्रको राजनीतिमा हलचल ल्याउन हरिद्वारको यो कुम्भ माध्यम नबन्ला भन्न सकिन्न । हरिद्वारको कुम्भ र त्यहाँ गरिने शाही स्नान वैदीक वा सनातनी कर्म होईन । यसको महत्वका बारेमा कुनै लिखत वा “मिथ” त छँदै छैन ।

पन्ध्रौं शताब्दीतिर भारतमा मुगल शासनको बिस्तार हुदै गएपछि डराएका हिन्दू राजाहरूले साधु, महन्त, नागा तथा मठाधिशहरूलाई फकाउन र बढी मान मर्यादा दिन कुम्भका बेला आफुहरू भन्दा पहिला उनीहरुलाई स्नान गराउन लगाएर त्यसलाई “शाही स्नान” भनिएको इतिहास छ । चलाख हिन्दू राजाहरूले साधु, महन्त, नागा तथा मठाधिशहरूलाई आडम्बरका साथ धन सम्पतिसहित रथारोहण गराएर स्नानादी गराउने, अनि मात्र आफु स्नान गर्ने परम्परा चलाएका थिए ।

त्यसैले पनि बिगतमा यस्ता शाही स्नान परम्पराले भारतीय राजनीतिमा खासै अर्थ राख्ने गरेको थिएन । तर यता, अब मोदीले यस कलालाई राजनीतिक अभिष्ट साँध्ने हतियार बनाए । अब पालो पुर्व राजा ज्ञानेन्द्रको ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);